काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३३ हजार ८५२ कित्ता संस्थापक शेयर निष्कासनमा ल्याएको छ ।
कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।