शीर्षकहरू

खुलामुखी योजना सञ्चालनका लागि सानिमा क्यापिटलले पायो अनुमति, १० करोड इकाई निष्काशन गर्ने

खुलामुखी योजना सञ्चालनका लागि सानिमा क्यापिटलले पायो अनुमति, १० करोड इकाई निष्काशन गर्ने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडलाई खुलामुखी योजना सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनुमति दिएको छ ।

बोर्डले माघ २ गते क्यापिटललाई सानिमा फ्लेक्सी फण्ड नामक खुलामुखी सामूहिक लगानी योजना सञ्चालनका लागि अनुमति प्रदान गरेको हो । उक्त योजना सञ्चालनका लागि क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्नेछ ।

यी इकाई निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी समेत सानिमा क्यापिटल लिमिटेडलेनै पूरा गर्नेछ ।