शीर्षकहरू

निष्कृय कर्जा व्यबस्थापन सम्बन्धी सम्मेलन हुने

निष्कृय कर्जा व्यबस्थापन सम्बन्धी सम्मेलन हुने

काठमाडौं । निष्क्रिय कर्जा व्यबस्थापन सम्बन्धि सम्मेलन  हुने भएको छ । काठमाडौ फिन्टेकको आयोजनामा एक दिने निष्कृय कर्जाको व्यबस्थापन सम्बन्धी सम्मेलन आगामी माघ १३ गते काठमाडौमा हुने भएको हो ।

सम्मेलनमा बैंक अफ बरोडाका पुर्व रिकवरी व्याबस्थापक र साथै भारतीय ऋण असुली न्यायाधिकरणका पुर्व न्यायाधीश रमेश कुमार महालियनले आफ्नो कार्यपत्र र अनुभव प्रस्तुत गर्नु राख्नु हुने आयोजकले जनाएको छ ।

त्यस्तै, नेपालका अग्रज र अनुभवी नेपाली बैकिङ  क्षेत्रका विज्ञ पर्शुराम कुवर छेत्री, अजय श्रेष्ठ, प्रद्युमन पोखरेल र मनोज ज्ञवालीले पनि आफ्नो प्रस्तुती राख्ने कार्याक्रम रहकोे छ ।

साथै नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वोर खनालले आफ्नो गहन विचार राख्ने छन् । निष्कृय कर्जाको व्यबस्थापनमा  प्रविधिको प्रयोग सम्बन्धिमा विषय पनि उक्त कार्यक्रममा छलफलको विषय रहेको आयोजकले जनाएको छ ।