शीर्षकहरू

जंगलमा ढलेका रुखलाई मात्रै सदुपयोग गर्न सके करौडौँ आम्दानी गर्न सकिन्छ : उद्योगमन्त्री

जंगलमा ढलेका रुखलाई मात्रै सदुपयोग गर्न सके करौडौँ आम्दानी गर्न सकिन्छ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जंगलमा ढलेका रुखलाई मात्रै सदुपयोग गर्न सके करौडौँ आम्दानी गर्न सकिने बताएका छन् ।

शुक्रबारदेखि काठमाडौँमा शुरु भएको फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङसम्बन्धी दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनीमा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

नेपालमा ४६ प्रतिशत वन भएकाले उद्योग फर्निचरका लागि सम्भावना भएको उनले बताए । 'जंगलमा प्रशस्त ढलेको रुखलाई मात्र सदुपयोग गर्ने हो भने पनि लाखौँ–करोडौँको आम्दानी गर्न सकिन्छ । यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तीनवटै सरकारले ध्यान दिनुपर्छ,' उनले भने ।

यसैगरी फर्निचरको विकाससँगै विज्ञान र प्रविधिलाई पनि सँगै जोड दिएर लाखौँको संख्यामा रोजगारी सिर्जना गरी उत्पादनसँगै पुँजी बढाउन सकिने उनको भनाइ छ । यसले निर्यातमा समेत योगदान गर्ने उनले बताए ।

नेपालमा स्रोतको अभाव नभएको दाबी उनले गरे । प्रचूर स्रोत भए पनि तिनको उपयोग हुन नसकेको भनाइ उनले राखे ।