शीर्षकहरू

हिमालयन लाइफले लाभांश प्रस्ताव गर्यो

हिमालयन लाइफले लाभांश प्रस्ताव गर्यो

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।  माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

 साथै सो बैठकले बोनस शेयरको कर प्रयोजनार्थ रकम लगानीकर्ताहरुले नै भुक्तानी गर्नुपर्ने निर्णय पनि गरेको छ । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीले प्राप्त गर्नेछन् । 
 

nullnullnullnull