काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २५ प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि माघ १८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । बुक क्लोजको आधारमा माघ अघिल्ला दुई कारोबार दिन सार्वजनिक विदा परेकाले माघ १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँका आधारमा २५ प्रतिशत दरले हुन आउने २ करोड १ लाख २३ हजार ६०६ दशमलव १९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट कम्पनीले गत पुस ९ गतेनै स्वीकृति प्राप्त गरेको थियो ।
कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा हकप्रद विक्री गर्नुपरेको हो । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार रुपैयाँभन्दा बढी कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।