शीर्षकहरू

नेपाल माइक्रो इन्स्योरेन्सले ल्यायो विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी

नेपाल माइक्रो इन्स्योरेन्सले ल्यायो विदेशमा रहेका नेपालीका लागि आईपीओ जारी

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आरक्षित आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुले यो आईपीओमा आवेदन दिन सक्नेछन् । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट   कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि पुस २५ गते अनुमति पाएको थियो । यस आधारमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि २ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले माघ २२ गतेसम्म आईपीोमा आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । आईप्ीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस् क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था वा मेरो शेयरमार्फत आवेदन पेश गर्न सक्नेछन् । यो कम्पनी लघुबीमा कम्पनी हो । यसले निर्जीवन बीमा व्यवसाय गरिरहेको छ । ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने अवस्थामा कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।