काठमाडौं । केटिएम हस्पिटालिटी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि प्रथम वार्षिक साधारण सभा आव्हान गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले कम्पनीको पूँजी संरचना अनुसार आईपीओ निष्काशन गर्ने र त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ । पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साथै गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।