काठमाडौँ । कुमारी बैंक लिमिटेड र काठमाण्डौँस्थित वात्सल्य नेचुरल आईभीएफ प्रालिबीच सम्झौता भएको छ ।
कुमारी बैंकका ग्राहकहरुलाई वात्सलयका देशभरि रहेका शाखाहरुबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभीएफ प्याकेजमा १० हजार रुपैयाँको छुट प्रदान गरिनेछ । साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत सम्म छुट प्रदान गरिने बताइएको छ ।