शीर्षकहरू

तेस्रो कारबार दिन पनि नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

तेस्रो कारबार दिन पनि नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार १२.५८ अंक र दोस्रो कारोबार दिन सोमबार ६.७८ अंकले बढेको शेयर बजार निरन्तर तेस्रो कारोबार दिन मंगलबार पनि सामान्य अंकले बढेको छ ।

यसदिन नेप्से परिसूचक ५.०८ अंकले बढेर दुई हजार ६१३.०८ बिन्दुमा बजार बन्द भयो । आज १३ मध्ये ८ उपसमूहको शेयर बढ्दा पाँच उपसमूहको शेयरमूल्य घटेको छ भने कारोबारमा आएका २४३ कम्पनीमध्ये १०६ कम्पनीको शेयर बढ्दा १२९ कम्पनीको शेयरमूल्य ओरालो लागेको छ । बाँकी ८ कम्पनीको शेयर स्थिर रहेको छ ।

नेप्से बढे पनि यसदिन कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब १९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर कारोबार भएको छ ।