शीर्षकहरू

रेमिट्यान्स राज्यको होइन, व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

रेमिट्यान्स राज्यको होइन, व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले  वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स राज्यको आम्दानी हो भन्ने भ्रमबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।

कानुनी/इथिकल रिक्रयूटमेन्ट विषयमा भएको कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेमिट्यान्स व्यक्तिको आम्दानी हो र राज्यले यसलाई चलाउने मात्र बुझ्नुपर्ने बताएका हुन् ।

‘पेशा व्यवसायको मर्यादा सम्मान हुन सकेन भने कसैको सम्मान हुन सक्दैन् । आफू सम्मानित हुने कुरा आफ्नै हातमा हुन्छ । र अपमानित हुने कुरा पनि आफ्नै हातमा हुन्छ । नेपालको अर्थतन्त्र र रेमिट्यान्सबाटै नै चलेको छ । राज्यले आर्जन गरेको रेमिट्यान्सको पैसा राज्यको खाताका गइरहेको छ की व्यक्तिको  खातामा गइरहेको छ यो बुझ्नुपर्छ,' उनले भने, 'रेमिट्यान्स आउने जुन मुद्रा राज्यको खातामा रहने हो तर जाने व्यक्तिकै काममा नै हो । एउटा सत्य कुरा के हो भने करिव करिव मुलुकको ७५ देखि ८० प्रतिशत हाउस वा होममा रेमिट्यान्सको रकम जान्छ । रेमिट्यान्सको रकम राज्यको होइन व्यक्तिको हो । जुन वैदेशिक रोजगारीको  सञ्चिती भएकाले अन्तर्राष्ट्रिय जगतमा के बुझ्नुपर्छ भने हामी टिक्नुपर्छ । भ्रमबाट मुक्त हुनुपर्छ । रेमिट्यान्स राज्यको आम्दानी होइन यो व्यक्तिको आम्दानी हो ।’

साथै उनले वैदेशिक रोजगार बाध्यता हो या अवसर बुझ्न जरुरी रहेको बताए । उनले नेपालबाट बैदेशिक रोजगारीमा अधिकांश ९५ प्रतिशत मानिसहरु सबैभन्दा बढी मलेसिया, जापान र कोरिया गएको तथ्यांकले देखाएको बताए ।