काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरेले ‘ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड’ पाएका छन् । इन्टरनेसनल अवार्ड फोरम युनाइटेड स्टेट अफ अमेरिका (टिफ–युएसए)को आयोजनामा नयाँ दिल्लीमा भएको कार्यक्रममा घिमिरेले अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउन सफल भएका हुन् ।
यसअघि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको निर्देशकसमेत रहेका उनी नेपाल एसबिआई मर्चेन्ट एण्ड बैंकिङको समेत सीईओ भइसकेका व्यक्ति हुन् । कोषमा उनले कुशल व्यवस्थापकको भूमिका निर्वाह गर्दै आएका छन् ।