शीर्षकहरू

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा पन्थी नियुक्त

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा पन्थी नियुक्त

काठमाडौं ।  राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । कम्पनीको मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले खुल्ला प्रतिस्पर्धाबाट छानिएका पन्थीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल चार वर्षको हुनेछ । 

कम्पनीको सीईओका लागि ८ जनाले आवेदन दिएकामध्ये पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको थियो । सर्टलिष्टमा पन्थीसहित महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव थिए । चार प्रतिस्पधीमध्येबाट पन्थी सीईओ बनेका हुन् । नेपाल बैंकमा काम गरेका पन्थी त्रिभुवन विश्वविद्यालयबाट एमए र एमबीए गरेका छन् ।