काठमाडौँ । नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै गएको छ । बुधबार तोलामा एक हजार ९०० रुपैयाँले बढेर सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार सुन तोलामा एक लाख ५८ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर प्रतितोला एक हजार ८९५ रुपैयाँमा कारोबार भैरहेको छ ।