शीर्षकहरू

सुप्रिम सहकारी रकम अपचलन : न्यायाधीश योगीको इजलासमा रविको बयान हुँदै

सुप्रिम सहकारी रकम अपचलन : न्यायाधीश योगीको इजलासमा रविको बयान हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् । उनीमाथि बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।

सोही मुद्दाको प्रतिवादका लागि लामिछाने मंगलबार नै भैरहवा गएका हुन् । उनी अदालतमा उपस्थित भएपछि जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बयानको प्रक्रिया अघि बढेको दालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

रवि आफ्ना तर्फबाट सकेसम्म कम वकिल राखेर एक/दुई दिनमै बहस सिध्याउने योजनामा छन् । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।