भक्तपुर सूर्यविनायक नगरपालिका मिलन चोकबाट मौसम खुलेसँगै देखिएको गौरीशंखर हिमाल । विगतमा हिमश्रृंखला सेतम्मै देखिन्थ्यो । तर केही वर्षयता भने गौरीशंखर हिमालमा मात्रै थोरै हिउँ देखिन्छ भने अन्य शृङ्खलामा खासै हिउँ देखिन्न ।
विज्ञहरूले हिमालय क्षेत्रमा हिउँको मात्रा थोरै हुनुका साथै 'जमिन सतहमा बरफ रहने अवधि' कम देखिएको भन्दै जल सङ्कटको चेतावनी दिँदै आएकोमा त्यसको संकेत हिमालमा घट्दै गरेको हिउँले देखाएको छ ।