काठमाडौं । जिल्ला अदालत काठमाडौँले भोलि पुन: उपस्थित हुने शर्तमा पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवार र उनका कानुन व्यवसायीको जिम्मा लगाउने निर्णय गरेको छ ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा उनी आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका थिए । बयानपछि उनलाई पत्नी निकिता पौडेल र कानुन व्यवसायीलाई जिम्मा लगाइएको हो ।
उनीविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो ।
सोही मुद्दाको प्रतिवादका लागि लामिछाने मंगलबार नै भैरहवा गएका हुन् ।
कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।