काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले १ लाख १३ हजार २३८ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापकहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र विद्यमान संस्थापकबाट खरीद आवेदन प्राप्त नभएमा यी शेयर दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा विक्री हुनेछ ।