शीर्षकहरू

कारोबार रकमसँगै सोमबार १०.६६ अंकले घट्यो बजार

कारोबार रकमसँगै सोमबार १०.६६ अंकले घट्यो बजार

काठमाडौं । सोमबार शेयर बजार परिसूचक नेप्से १० दशमलव  ६६ अंकले घटेको छ । साताको दोस्रो दिन पनि कारोबार सुरु हुँदा बजार बढेपनि अन्तिममा भने घटेर परिसूचक २ हजार ६३३.२७ विन्दुमा समेटिएको छ । 

सोमबार कारोबार रकम पनि घटेको छ । ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँ बराबरको एक करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर ८७ हजार ५६४ पटक खरिद विक्री भएको छ । सो दिन व्यापारमा आएका कम्पनीमध्ये १०६ वटा कम्पनीको मूल्य बढेको छ भने १२८ वटाको घटेको छ । ९ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

लघु वित्त समूहको परिसूचक ०.०४ प्रतिशतले बढेको छ  । जलविद्युतको ०.३४ प्रतिशतले बढेको छ । विकास बैंक समूह ०.७२, उत्पादन समूह ०.६७ प्रतिशतले बढेको छ । तर, होटल समूहको परिसूचक भने ०.५१ प्रतिशतले घटेको छ । अन्य १.६६, बैंकिङ्ग ०.५५, निर्जीवन बीमा ०.६७, म्यूचुअल फण्ड ०.६४, जीवन बीमा समूह १.१०, टेङिग समूहको १.८३ र लगानी समूहको परिसूचक ०.७७ प्रतिशतले घटेको छ । 

सो दिन नाङदी जलविद्युतको शेयर मूल्य १० प्रतिशतले बढेको छ । जानकी फाइनान्सको ९.९८ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैँकको ९.९७, सामुदायिक लघु वित्त वित्तीय संस्थाको ९.९६ र बोटलर्स नेपालको ८.२४ प्रतिशतले शेयर मूल्य बढेको छ । तर, सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघु वित्त वित्तीय संस्था, धौलागिरि लघु वित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलभर र स्वाभिमान लघु वित्त वित्तीय संस्थाले शेयर मूल्य धेरैले घटेको छ ।