शीर्षकहरू

विशेष साधारण सभाबाट आईपीओ निष्काशनको प्रस्ताव स्वीकृत गराउँदै श्रीनगर एग्रिटेक इन्डष्ट्रिज

विशेष साधारण सभाबाट आईपीओ निष्काशनको प्रस्ताव स्वीकृत गराउँदै श्रीनगर एग्रिटेक इन्डष्ट्रिज

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले माघ ३० गते विशेष साधारण सभा आह्वान गरेको छ । माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल डेनोभो, कालिकानगर, बुटवल, रुपन्देहीमा बिहान १०ः३० बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले सर्वसाधारणमा प्रिमियम वा अंकित मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव सभामाफृत पारित गर्नेछ ।

आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।