काठमाडौं । एक हप्तादेखि तराई मधेश क्षेत्रमा बढेको चिसोले गर्दा दैनिक कामकाज गर्न असहज भएको छ । तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ ।
त्यसमा पनि हुस्सुले झन बाटो नदेखिने समस्या उत्पन्न हुँदा सवारीसाधन आवत जावत गर्न कठिनाइ भएको छ । उडान प्रभावित हुँदा यात्रुहरू घण्टौँ कुर्न बाध्य भएका छन् ।
तराईका धेरै स्थानहरूमा हुस्सु–कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।