काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राको भाउ घट्दा अमेरिकी डलर र बहराइन दिनारको मूल्य सामान्य बढेको छ ।
राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७४ पैसा रहेकोमा आज खरिददर एक सय ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७७ पैसा रहेको छ ।
यसैगरी आज बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ९ पैसा रहेको छ । बुधबार एक बहराइन दिनार तीन सय ६६ रुपैयाँ ४२ पैसामा खरिद र तीन सय ६८ रुपैयाँ १ पैसामा बिक्री भएको छ ।
यसदिन युरोपियन युरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर लगायत अधिकांश मुद्राको मूल्य घटेको छ ।