शीर्षकहरू

शहीद परिवारलाई नगदसहित सम्मान

शहीद परिवारलाई नगदसहित सम्मान

मुग्लिन । इच्छाकामना गाउँपालिकाले शहीद परिवारलाई नगदसहित सम्मान गरेको छ । 

शहीद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका शहीदका परिवारलाई रु पाँच हजार नगदसहित सम्मान गरेको हो । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले उनीहरूलाई  सम्मान गरेका हुन् ।  उनले शहीदहरुका कारण देशमा परिवर्तन सम्भव भएको बताए । 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्रतिपरिवार रु पाँच हजार प्रदान गरिएको बताउँदै उनले आगामी दिनमा शहीद परिवारका आवश्यकतालाई पनि सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरे ।

गाउँपालिकाले २०३४ सालको पञ्चायती शासनविरुद्धको  जुगेडी काण्डका शहीद वडा नं २ का दशरथ चेपाङ, सन्तबहादुर चेपाङ, चन्द्रबहादुर चेपाङका साथै जनयुद्धका वडा नं २ का जीवन बुढाथोकी र वडा नं ३ का चन्द्रबहादुर गुरुङ ९दीपेश० को परिवारलाई सम्मान गरेको हो ।