शीर्षकहरू

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । बिहीबार नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ भने चाँदीको बढेको छ ।

यसदिन सुन तोलामा १०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भैरहेको छ ।