काठमाडौं । यामाहा नेपालले माघ १७ देखि २५ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खला २०२५ को टाइटल प्रायोजनको घोषणा गरेको छ। तीन प्रतिस्पर्धी राष्ट्रहरू नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीच हुने यो प्रतियोगिताका खेलहरू दिउँसो १२स्१५ बजे सुरु हुनेछन्।
डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खलाको बारेमा एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “यामाहा सधैं खेलभावना, प्रदर्शन र क्षमता अबिवृद्धिमा विश्वास गर्दछ। हाम्रा यी मूल्यहरू यामाहा राइडर र क्रिकेट प्रशंसक दुवैसँग दृढतापूर्वक प्रतिध्वनित हुन्छन्। हामी डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खलाको टाइटल प्रायोजक हुन र नेपालमा क्रिकेटको विकासमा योगदान पुर्याउन पाउँदा उत्साहित छौं। यो साझेदारीले खेलकुदलाई सशक्त बनाउने र उत्कृष्टताको संस्कृतिलाई बढावा दिनेछ।”
डब्लूटी २० आइ त्रिकोणात्मक शृङ्खला २०२५ मा तीन अन्तर्राष्ट्रिय टोलीहरू बीचको तीव्र प्रतिस्पर्धाले नेपालमा विश्वस्तरीय क्रिकेटको रोमान्च भित्र्याउने निश्चित छ। यामाहा नेपालको संलग्नतासँगै यो शृंखलाले क्रिकेटप्रेमी, यामाहा प्रशंसक र खेलकुद प्रेमीहरू सबैलाई सहभागी गराई गति, शिल्प र खेलभावनाको रोमाञ्चक संयोजन सिर्जना गर्ने कम्पनीले जनाएको छ।