काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको माघ १५ गते बसेको बैंठकले लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस शेयर र यसमा लाग्ने कर ०.५२६३ प्रतिशत नगद लाभांश दिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।