एजेन्सी । अमेरिकन एयरलाइन्सको क्षेत्रीय जेट विमान र अमेरिकी सेना ब्ल्याक ह्वाक हेलिकप्टर बुधबार राति आकाशमा टक्कर हुँदा ६७ जना यात्रुहरू सबैको मृत्यु भएको आशंका गरिएको छ । विमानमा ६४ र हेलिकोप्टरमा ३ जना यात्रु रहेकोमा ती सबैको मृत्यु भएको हुनसक्ने बताइएको छ ।
यो घटना २००१ पछि अमेरिकामा घटेको सबैभन्दा घातक हवाई दुर्घटना हो । दुर्घटनास्थलबाट ४० जनाको शव निकालिएको छ भने एकआपसमा ठोकिएर विमान र हेलिकप्टर खसेको नदीमा शव खोजीको कार्य तत्कालका लागि रोकिएको छ । विमान खसेको पोटोम्याक नदीको पानी अत्यन्तै चिसो भएको र खोजी तथा उद्धार कार्य रोकिको हो ।
निकालिएका शवहरूको विस्तारै पहिचान हुँदै गएको छ । पहिचान भएका शवमध्ये जीई एयरोस्पेसका कर्मचारी विकेश पटेल पनि भएको जीई एयरोस्पेसका अध्यक्ष र सीईओ ल्यारी कपलले पुष्टि गरेका छन् ।