शीर्षकहरू

‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन :  प्रधानमन्त्री

‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन :  प्रधानमन्त्री

काठमाडौं   । प्रधानमन्त्री  केपी  शर्मा  ओलीले  विपक्षी  दलहरु सरकार  ढलाउनमा लागेको बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् ।

उनले  भने, ‘विपक्षमा रहिरहेका  साथीहरु एउटा कुरामा आफ्नो  समय व्यर्थै खेर फालेजस्तो  लागिरहेको  छ । सरकार ढल्छ, ढल्नै  लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे संक्रान्ती आदी इत्यादी । एउटा गीत बजारमा आएको छ–‘ढलें ढलें’भन्ने अलि प्रचारमा छ । प्रायः आम रुपमा राजनीतिक नेताहरुले  गाएको सुन्छु–ढल्यो ढल्यो  ढल्यो..। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राति ढल्यो, ढल्यो, ढल्यो ......। यो  गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन् ।’

साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए । उनले दिनरात सरकार  ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए ।  

उनले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई आफूहरुले थ्रु’ गरेको बताए । विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हुने भनाइ उनले राखे ।

उनले भने,‘विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं । निराशाको व्यापार गर्ने असन्तुष्टि र उत्तेजनाको उद्योग चलाएर त्यसमा नै आफ्नो भविष्य देख्ने र राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हो ।’

उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने र मुलुक एवम जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको बताए । संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट अब मुक्त भएको पनि उनको भनाइ छ । 

उनले भने,‘सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने मुलुक एमव् जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण भएको छ । संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं ।’ 

यसैगरी उनले एकातिर प्रक्रिया र अर्कोतिर नतिजा सुधारको हुट्हुटीले बनेको सरकार भएका कारण संसदको अधिवेशन पर्खने समय आफूहरुसँग नभएर अध्यादेश ल्याएको बताए । उनले अध्यादेशबारे धेरै प्रश्न उठिरहेको भन्दै संसदको नियमित प्रक्रियाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था देखिएको भन्दै यस्तै बेलामा नै सरकारले अध्यादेश ल्याउने स्पष्टिकरण दिए । 

उनले भने,‘जनताले कहाँ कहाँ, कुन कुन कानुनको अल्झनले दुःख पाइरहेका छन् । ती अल्झन र गाँठाहरु तत्काल फुकाउन कानुनी सुधार नै पहिलो पाइला थियो । नियमित प्रकृयाबाट कानुन पारित गरी लागू गर्न न्यूनतम ५–६ महिना लाग्ने सबैलाई थाहा छ । एकातिर प्रकृया र र अर्कोतिर नतिजा सुधारको जुन हुटहुटीले संसदको दुई ठूला दलहरुको नेतृत्वमा सरकार निर्माण भयो । त्यसले संसदको अधिवेशन आउँदै छ, पर्खनुहोस् भन्ने समय हामीसँग थिएन् । संसद नभएको बेला संसदको नियमित प्रकृयाबाट राष्ट्रिय अपेक्षा प्राप्तिमा ढिला हुने अवस्था छ यस्तै बेलामा त हो सरकारले अध्यादेश जारी गर्ने ।’

त्यस्तै उनले सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसदलाई प्रकृयाको बन्दी बनाँदा जनताको दैनिक समस्या ओझेलमा पर्ने बताए । एउटै गन्तव्यकालागि जनताले छानेर यहाँ पुर्याएको भन्दै उनले संसदमा पो पक्ष वा विपक्ष त देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? भन्दै प्रश्न गरे । 

उनले भने,‘हामी सबैले एउटा राजनीतिक लाभहानीको लेखाजोखा गरी संसदलाई प्रकृयाको बन्दी बनाईन्छ  र जनताको दैनिक समस्या ओझेलमा पर्छन् । संसद छलेर किन अध्यादेश ल्याएको भनेर सोध्नेहरुलाई सबै कुरा थाहा छ । अध्यादेश ल्याउने भनेको नै संसद नचलेको बेलामा नै हो । संविधानले नै त्यही व्यवस्था गरेको छ होईन् र ?हामी संसदमा पो पक्ष विपक्ष हो त । देश विकासमा सुशासनमा पक्ष विपक्ष हुन्छ ? एउटै गन्तव्यकालागि जनताले छलेर हामीलाई यहाँ पुर्याएका छन् ।’

सम्बोधनको लिखित पूर्णपाठ

 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...