काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आफूले भ्रष्टाचार गरेको एउटा कुरा ल्याउन चुनौती दिएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले भ्रष्टाचार गरेको आक्षेप लगाएका छन् ।
'हावादारी कुराहरू बजारमा छरेको पाइयो । स्विजरल्यान्डको बैंकमा यति डलर श्रीमतीका नामा लुकाएर राखेको छ । टेलिकममा यति लुकाएर राखेको छ । तिनै कराइरहेका सुन भनेर पित्तल चढायो भनेर छानबिन गराउने मान्छेहरू छन् । यस्ता हावादारी कुरा गरेको देख्दा सरकारका काममा आलोचना गर्ने ठाउँ रहेनछ । । भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ । कसैसँग दम छ भने भ्रष्टाचार गरेको कुनै मात्रामा, कुनै पनि ठाउँमा भ्रष्टाचार गरेको एउटा कुरा ल्याओस् । सरकारका काम कारबाहीको रचनात्मक आलोचना होस् भन्ने चाहन्छु । प्रतिपक्षले यस्ता कुरामा खबरदारी गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भनेका थिए ।
उक्त चुनौतीको जवाफ दिँदै सांसद सिंहले भने, 'डेडिकेटेडको बक्यौता उठ्यो ? त्यो भ्रष्टाचार होइन ? भ्रष्टाचार छ कि छैन सरकारले भन्ने होइन, जनतालाई गएर सोध्नुहोस् ।'
उनले बक्यौता उठाउन खोज्द सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउन खोजेको पनि बताएका छन् ।