काठमाडौं । नेपालका ७१ प्रतिशत मुद्दा वरिष्ठ अधिवक्ताहरुले ओगट्ने गरेको पूर्वन्यायाधिश डा श्रीकृष्ण भट्टराईले आरोप लगाएका छन् । शुक्रबार राजधानीमा सामाजिक न्याय प्राज्ञिक निकेतनले कानुन व्यवसायीको वृत्तिविकास र सदाचार प्रवद्र्धन : परिषदको भूमिका विषायक अन्तरक्रियामा बोल्दै भट्टराईले यस्तो बताएका हुन । उनले भने, ‘नेपालमा अधिकांश अदालतमा वरिष्ठ अधिवक्ताहरुले मुद्दा होल्ड गर्ने गर्नुहुन्छ । यसले गर्दा नयाँ वकिलहरुले मुद्दा नै नपाउने अबस्था हुन्छ ।’
अदालतमा वरिष्ठहरुले अधिकांश मुद्दा ओट्दा नयाँ प्रवेशीहरुले मुद्दा नपाउने र उनीहरुको पेशा नै संकटमा पर्ने भइरहेको उनको तर्क थियो । उनले भने, ‘वरिष्ठहरुले मुद्दालाई ओट्ने र अन्तिममा आफूले नसकेपछि वा मुद्दा गिजोलिएपछि बल्ल नयाँ प्रवेशी अधिवक्ताहरुले पाउने अबस्था आइरहेको छ ।’
वरिष्ठहरुको परिभाषा पनि कसले बनाएको हो उनको प्रश्न थियो । कुनै एक राजनीतिक दल आवद्ध ओकिललाई वरिष्ठ चाहियो भनेर बजारबाट टिपेर वरिष्ठ बनाइदिने चलनले वाकालत पेशाप्रति जनविश्वास कम हुदै गइरहेको उनको भनाइ थियो । कलेज पढाउने वरिष्ठहरुले पनि अब आफ्नो पेशा पढाउने हो कि वकालत हो यो छुट्याउन पर्ने बेला भएको उनको सुझाव छ ।
अब नेपालमा वकालतको पेशालाई विशेषज्ञताको आधार बनाउने बेला भइसकेको उनले बताए । सरकारले पछिल्लो पटक ल्याएको समाजिक सञ्जालसम्बन्धी कानुनका विषयमा बोल्दै उनले भने, ‘सामाजिक सञ्जालसम्बन्धी कानुनमा अग्रेजी शब्दहरुको गलत ट्रास्लेसन भएको छ । जसका कारण कानुनको व्याख्या गलत हुन जाने देखिन्छ ।’
नेपालको न्यायलयमा लिइने नजीर कुनै पनि नभएको उनले बताए । उनले भने, ‘न्यायलयले नजीरका रुपमा लिइने न्याय नै नभएको वा यस्तो खालका फैसल्ला नै नेपालमा भएको छैन । नेपाल काुनन कितावलाई आधार बनाउन मिल्ने ठाउ नै छैन । अर्को नेपालको न्यायलयले गरेका फैसल्लाहरुलाई हामीलृ नजीर मान्न सकिने कुनै पनि छैनन् । त्यस्तै सोही कार्यक्रममा बोल्दै पूर्वन्यायधिश राम प्रसाद श्रेष्ठले नेपालका न्यायलयलाई सहयोग गर्ने अंगहरुलाई बलियो बनाउन पर्ने धारणा राखेका थिए ।
नेपालका न्यायलयलाई सुधार्न पोखरीको धमिलो पानी सफा गर्न तर्फ लाग्न पर्ने डा. युवराज सग्रौलले बताए । उनले भने,‘माछा राम्रो उत्पादन गर्ने हो भने पहिला पानी सफा भर्न थलौ । त्यसपछि माछा उत्पादन सफा नहुनेमा कुनै पनि शंका छैन ।’