काठमाडौँ । आइतबार नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भैरहेको छ ।