शीर्षकहरू

सरकारले पोलिसी रिफर्म गरी निजी क्षेत्रको आत्मबल जगाएको छ : अर्थमन्त्री

सरकारले पोलिसी रिफर्म गरी निजी क्षेत्रको आत्मबल जगाएको छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि पोलिसी रिफर्ममा जोड दिइएको बताएका छन् । सरकारले ल्याएको अध्यादेश पोलिसी रिफर्मको शसक्त पहल भएको उनले स्पष्ट पारेका छन् ।

आइतबार महिला आर्थिक पत्रकार संघ (फेजा) द्वारा आयोजित अर्थतन्त्र नीति र व्यवहारू बिषयक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारको काम भनेको नीजि क्षेत्रलाई ढाडस दिने बताए । ू सरकारले पोलिसी बनाउने हो। आत्मविश्वास जगाउने हो । सोही अनुसारले पोलिसी रिफर्मको माध्यमबाट अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको नीजि क्षेत्रको आत्मबल बढाउने काम गरेको छ,” उनले भने। एक साता सरकारले ६ वटा अध्यादेशबाट ३० वटा ऐनहरु ल्याएको छ ।

सरकारले यसरी पोलिसी रिफर्म गर्ला भनेर नीजि क्षेत्रले सोचेकै थिएन। नीजि क्षेत्रले लामो समयदेखि भन्दा थाकेर बसेको विषयलाई सरकारले पोलिसी रिफर्म गरी आत्मविश्वास जगाउने काम गरेको उनले दाबी गरे ।  अहिले नीजि क्षेत्र उत्साहीत भएको छ । तर, पोलिसी कार्यान्वयनका लागि समय लाग्छ । यो आजको भोलि वा रातारात नै यसको परिणाम देखिदैन,” उनले भने ।