रौतहट । संघीय सांसद ,पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौटहट जिल्ला अदालतमा अवहेलना मुद्दा दायर भएको छ ।
शाहले 'रौतहट जिल्ला अदालतका झोले न्यायाधीश' लेखेर अपमान गरेको भन्दै बौधिमाई नगरप्रमुख प्रदिप कुमार यादवले शुक्रबार मुद्दा दर्ता गराएका थिए । उक्त मुद्दाउपर परेको अदालतको अपहेलना मुद्वाको आईतवार सुनुवाई हुने भएको छ ।
रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साहले आफ्ना फेसबुक आईडीबाट 'रौतहटका न्यायाधीश नेताका झोले कार्यकर्ता' अदालतविरुद्ध टिप्पणी गरेका थिए ।
साहसहित आजपा महासचिव त्रिभुवन साहलाई पनि विपक्षी बनाइएको छ । महासचिव साहले अदालत परिसरमै ज्यान मार्ने धम्की दिएको आरोप नगरप्रमुख यादवको छ ।
नगरप्रमुख यादवमाथि सर्वदलीय सर्वपक्षीय सहमतिमा नगरपालिकाले बाटो खाली गराउने क्रममा आफूमाथि एक्कासी हमला गरी कुटपिट अभद्र व्यवहार तथा गालीगलौज भएको थियो । उक्त व्यवहार गर्ने गंगाराम बैठाविरुद्ध मेयर यादवले उजुरी दिएका थिए । अदालतले बैठालाई पुर्पक्षका लागि थुना पठाउने आदेश दिएपछि सांसद साहले अदालतविरुद्ध टिप्पणी गरेका थिए ।