शीर्षकहरू

जापानमा समृद्ध नेपाली : ५ हजार बढी सफल उद्यमीको ६० अर्ब लगानी

जापानमा समृद्ध नेपाली : ५ हजार बढी सफल उद्यमीको ६० अर्ब लगानी

टोकियो । जापान विश्वको शक्तिशाली अर्थतन्त्र भएको मुलुकमध्ये एक हो । ठूला औधोगिक उत्पादन, विकसित अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारमा नयाँ परिचय बनाउँदै गएको जापानमा वैदेशिक रोजगारीको सिलसिलामा पुगेका नेपालीहरू पनि सफल उद्यमीका रूपमा जम्न थालेका छन् । 

कामको खोजीमा जापान पुगेका नेपालीहरू कडा श्रम र कठिन परिस्थितिलाई पार गर्दै आज उद्यमिता र व्यवसायको क्षेत्रमा ठोस पाइला चाल्न थालेका छन् । यहाँ नेपालीहरूले रेस्टुराँ, हलाल फुड, ट्राभल, रेमिट्यान्स र रियल स्टेट जस्ता व्यवसायमा लगानी गरेका छन् । 

५ हजारभन्दा बढी नेपालीले ६० अर्ब भन्दा बढी  लगानी गरेका छन् ।जापानमा नेपालीले सञ्चालन गरेको नेपाली रेस्टुराँले दैनिक ६ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । २० जना नेपालीको १० वटा भन्दा बढी रेस्टुराँ छ । 

अध्ययन र रोजगारी भिसामा जापान पुगेका नेपालीको संख्या अहिले दुई लाख नाघेको छ । जसमध्ये ५ हजारभन्दा बढी नेपालीले ६० अर्ब भन्दा बढी रकम व्यवसाय लगानी गरेको नेपाली व्यवसायी संघ जापानका सचिव बुद्धिराज घिमिरेले बताए । ‘थोरैमा पाँच हजार नेपालीले व्यवसाय सुरु गरेका छन् । एक जनाले कम्तिमा पनि एक करोड रूपैयाँ लगानी गरेका छन्,’ उनले भने ।

जापानमा नेपालीले लगानी गरेको क्षेत्रमध्ये ८० प्रतिशत रेस्टुराँ व्यवसाय हो । जापानका मुख्य शहरहरू टोकियो, ओसाका, क्योटो, हिरोशिमा, नागोया, फुकुओका लगायत स्थानमा नेपाली रेष्टुरेष्ट सञ्चालनमा छन् । टोकियोको शिबुया, शिन्जुक क्षेत्रमा मात्रै २०० भन्दा बढी नेपाली रेस्टुराँ भएको सचिव घिमिरेले बताए । 

null

जापानमा नेपालीले सञ्चालन गरेर फस्टाएको अर्को व्यवसाय भनेको ट्राभल र रेमिट्यान्स पनि हो । सानो  पूर्वाधार र थोरै जनशक्तिमा नै काम हुने भएपछि नेपालीहरूले व्यक्तिगत र सामूहिक रूपमा पनि यस्तो खालको व्यवसाय सुरु गरेका छन् । त्यस्तै, हलाल फुड र रियल स्टेटमा पनि नेपालीले लगानी गर्न थालेको संघका सचिव घिमिरेले जानकारी दिए ।

दैनिक ६ लाखसम्म आम्दानी 
जापानमा सञ्चालित नेपाली रेस्टुराँले दैनिक ६ लाख रूपैयाँसम्म आम्दानी गर्ने गर्छन् । रेस्टुराँ खोलिएका ठाउँअनुसार दैनिक दुई लाख रूपैयाँदेखि ६ लाख रूपैयाँसम्म कारोबार हुने गरेको नेपाली व्यवसायी संघ जापानमा सचिव घिमिरेले बताए । उनका अनुसार जापानमा २० जना नेपालीको १० वटा भन्दा बढी रेस्टुराँ छ । करिब ५० जनाले ५ वटाभन्दा बढी व्यवसाय गरेका छन् । ५०० जनाको २ वटा भन्दा रेस्टुराँ छन् । 

जापान सरकारले व्यवसाय सुरु गर्दा होडिङबोर्ड बनाउने, काउन्टर मेसिन, मेनु, कप्युटर, फ्रिज, वेबसाइट निर्माण लगायतमा समेत अनुदान दिन्छ । 

 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष समेत रहेका रोबिन शेरचनले जापानमा १६० वटा रेस्टुराँ सञ्चालन गरेका छन् । कोभिडअघि उनको व्यावसायिक सञ्झाल अझैँ विशाल थियो । तर, कोभिड पछि भने केही व्यवसाय भाडामा दिएको उनले बताए ।

सन् १९८८ मा टुरिष्ट भिसामा जापान पुगेका शेरचनले अहिले जापानमा रेस्टुराँ र अपार्टमेन्टमा लगानी गरेका छन् । 

जापानमा खोलिएका नेपाली रेस्टुराँमा चटपटे, पानीपुरीदेखि मौलिक नेपाली परिकार फापरको ढिलो लगायत पाइन्छ । नेपालीबाहेक भारतीय र जापानीज खाना पनि रेस्टुराँमा पाइने टोकियो सेकुवा बारका सञ्चालक सन्तोष पोख्रेलले बताए । उनका अनुसार नेपालीले सञ्चालन गरेका रेस्टुराँमा नेपालीबाहेक जापानिज, भारतीय र बंगालदेशी ग्राहकहरू आइपुग्छन् । 

null

शुरुवातमा नेपाली रेस्टुराँहरू पारम्पारिक नेपाली खानेकुरा केन्द्रित थिए । तर अहिलेका केही रेस्टुराँहरूले नयाँ स्वादको मिश्रण गर्दै, जापानी स्वादसँग नेपाली परिकारहरूको एकीकृत संस्करण पनि प्रस्तुत गरिरहेकाछन् । जस्तै, ममलाई जापानी 'गोन्जी’ शैलीमा पस्कने र नेपाली थुक्पा सुपलाई जापानी नुडल सुपसँग मिलाएर दिने ।

जापानमा नेपालीले गर्ने अर्को व्यवसाय भनेको ट्राभल व्यवसाय हो । यहाँ धेरै अघिदेखि नेपालीले ट्राभल व्यवसाय गर्दे आएका छन् । त्यस्तै, रेमिट्यान्स व्यवसायमा पनि नेपालीहरू सक्रिय छन् ।

null

रेस्टुराँपछि अहिले जापानमा हलाल फुड पनि निक्कै चल्तीको व्यवसाय बनेको छ । हलाल फुडमा नेपाली खाद्य समाग्रीहरू जस्तै, नेपाली चामल, मासको दाल, मसुरोको दाल, मुँगको दाल चना, केराउ, गहुँ, कोदो, मकै र फापरको पिठो पाइन्छ । यसका साथै नेपाली मसालाहरू जस्तै, जिरा, धनियाँ, दाल चिनी, सुकमेल, टिमुर लगायतका मसाला पनि पाइन्छ । नेपाली, भारतीय, बंगलादेशीलगायतका नागरिकलाई लक्षित गरी हलाल फुड पसल सञ्चालन गरिएको छन् । 

केही नेपालीले अहिले जापानमा रियल इस्टेटको व्यवसाय पनि सुरु गरेका छन् । रियल इस्टेट अन्तर्गत उनीहरूले बस्नका लागि र व्यापारका लागि आवश्यक पर्ने कोठाहरू भाडामा दिने व्यवसाय सुरु गरेका छन् । यो पेशालाई जापान सरकारले कानुनी वैधता दिएको छ । वैदेशिक रोजगार र अध्ययनका लागि भन्दै महिनामा हजारौँ संख्यामा नेपाली जापान पुग्छन् । जापान पुग्ने बित्तिकै अधिकांश विद्यार्थीहरू होस्टलमा बस्छन् । तर, कामदारको  भिसामा  जाने नेपालीको लागि भने कोठाको आवश्यकता पर्छ । नेपालीलगायत भारत, बंगालादेश र पाकिस्तानबाट जाने नागरिक पनि नेपाली व्यवसायीको सेवाग्राही हुन्छन् । 

null

व्यवसायीलाई होडिङ बोर्डदेखि अनुदानसम्मको सुविधा
जापान सरकारले जापानमा व्यवसाय गर्न चाहने आप्रवासीका लागि व्यवसाय प्रवर्द्धनका सुविधादेखि आपतकालीन समयमा अनुदान रकमको पनि व्यवस्था गर्दै आएको छ । जसकारण आप्रवासी नागरिकले पनि जापानमा सहजै व्यवसाय सञ्चालन गर्न सक्छन् । 

जापानमा बस्ने कुनै पनि व्यक्तिले कम्तिमा ५० लाख यान रकम लगानी गरी व्यवसाय सुरु गर्न सक्छ । व्यवसाय सञ्चालका लागि आप्रवासी नागरिकले जापानको बिजनेश भिसा लिनुपर्ने हुन्छ । भिसा लिनका लागि आप्रवासी नागरिकले जापानको इमिग्रेसनमा आवेदन दिनुपर्छ । आवेदन दिनुअघि व्यवसाय योजना, सञ्चालनको गर्ने व्यवसायको भौतिक संरचना निर्माण गर्नुपर्छ । भिसा प्रक्रिया अवधि तीन महिनाको हुन्छ । 

null

सञ्चालन टोकियो सेकुवा बारका सञ्चालक सन्तोष पोख्रेलका अनुसार यहाँ व्यवसाय सुरु गर्दा स्थानीय निकायदेखि केन्द्रसम्मले विभिन्न सुविधा दिइन्छ । होडिङबोर्ड बनाउने, काउन्टर मेसिन, मेनु, कप्युटर, फ्रिज, बेब साइट निर्माण लगायतका कार्यमा नगरपालिकाले नै अनुदान दिने गरेको यहाँ व्यवसाय गरिरहेका उनको भनाइ छ ।

जापानमा नयाँ व्यवसायलाई केही कर छुटको पनि व्यवस्था गरिएको छ । अनुसन्धान र विकासमा लगानी गर्ने हो भने जापान सरकारले करमा छुट पनि दिन्छ । स्टार्टअपहरूलाई करको प्राथमिक छुट र विशेष कर प्रोत्साहनहरू दिइन्छ । 

जापान सरकारले विशेष क्षेत्रमा, जस्तै प्रविधि, ऊर्जा दक्षता, र वातावरणीय परियोजनाहरूको लागि अनुदान र सहुलियत दिन्छ । स्टार्टअप र साना व्यवसायका लागि अनुदान, ऋण, र परामर्श सेवा प्रदान गर्छ । त्यस्तै, जापानको सरकारी बैंक र अन्य वित्तीय संस्थाहरूले साना र मझौला व्यवसायलाई सस्तो ब्याज दरमा ऋण प्रदान गर्छन् । यी ऋणहरू प्रायः नवप्रवर्तन र क्षेत्रीय विकासका लागि मद्दत पुर्‍याउँछन् ।

जापानमा विभिन्न सरकारी निकायहरूले स्टार्टअप र व्यवसायीलाई व्यवसाय सञ्चालन, मार्केटिङ, वित्तीय व्यवस्थापन, र कानुन सम्बन्धी तालिम र कार्यशालाहरू प्रदान गरिन्छ । जापान सरकार अन्तर्राष्ट्रिय व्यापार र निर्यातका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दछ । यसमा व्यापार मेलाहरू, विदेशमा व्यापार अवसरहरूको प्रवर्द्धन र बजार प्रवर्द्धनका लागि पनि सहयोग गरिन्छ । 

null

त्यस्तै, जापान सरकारले नयाँ व्यवसाय खोल्नका लागि कानुनी र प्रशासनिक प्रक्रियामा सहयोग पनि उपलब्ध गराउँछ । व्यवसाय स्थापना प्रक्रियालाई सरल बनाउने उद्देश्यले जापान सरकारले विभिन्न सुविधाहरू प्रदान गरेको छ । कोभिड–१९ का कारण प्रभावित व्यवसायहरूको लागि सामाजिक सुरक्षा शुल्क र करमा छुटको व्यवस्था गरेको थियो । व्यवसायीहरूले कर भुक्तानीको मिति बढाउन सक्थे, र साना व्यवसायहरूको लागि करमा केही राहत पनि दिइएको थियो ।

'गो टू ट्राभल' र 'गो टू इट' योजना जस्ता कार्यक्रमहरूले व्यवसायलाई प्रोत्साहन गर्न, विशेषगरी पर्यटन र रेस्टुराँ उद्योगलाई मद्दत पुर्‍याएका थिए। यी योजनाहरूले सेवाको उपभोग गर्नका लागि उपभोक्तालाई छुट र प्रोत्साहन दिएका थिए । थप रूपमा, साना व्यवसायहरूलाई प्रत्यक्ष अनुदान पनि दिइएको थियो । 

null

सपोर्ट फर अर्थवकर्स कार्यक्रमअन्तर्गत, सरकारले व्यवसायहरूलाई आफ्ना कर्मचारीहरूको लागि मुआब्जा प्रदान गरेको थियो । जापान सरकारले साना र मझौला व्यवसायहरूको लागि विशेष कम ब्याज दरमा ऋण दिने कार्यक्रम सुरु गरेको थियो । यी ऋणहरूले व्यवसायलाई आर्थिक समस्या समाधान गर्न सहयोग पुर्‍याएका थिए।

जापानमा नेपाली रेस्टुराँको इतिहास छोटै भए पनि समृद्ध छ। नेपाली समुदायको जापानमा सन् १९९० को दशकमा अवागमन सुरु भएको थियो, र त्यससँगै नेपाली रेस्टुराँहरूको स्थापना पनि बढ्न थाल्यो । यहाँको नेपाली रेस्टुराँले जापानको सांस्कृतिक विविधता र नेपाली परिकारहरूको स्वादलाई जोड्ने महत्त्वपूर्ण भूमिका निभाएको छ।

जापानमा नेपाली रेस्टुराँको इतिहास 
नेपालको पश्चिम क्षेत्रमा बस्ने नेपालीहरू रोजगारीको भारत जान्थे । भारतका विभिन्न शहरका रेस्टुराँमा भान्सामा काम गर्थे । रेस्टुराँ देखि घरका भान्सामा नेपाली श्रमिक काम गर्थे । 

सन् १९९० को दशकमा भारतमा रेस्टुराँ व्यवसाय गरेका भारतीयहरूले जापानमा रेस्टुराँ विस्तार गर्न थाले । रेस्टुराँको भान्सामा काम गर्नका लागी उनीहरूले नेपाली भान्सेलाई भारतबाट जापान ल्याउन थालियो । यसरी भारतीय रेस्टुराँमा काम गर्दा गर्दै नेपालीले आफैले पनि रेस्टुराँ व्यवसाय सञ्चालन गर्न थाले । 

सन् २००० देखि जापानमा नेपालीको संख्या बढ्न थाल्यो । योसँगै जापानका प्रमुख शहरहरू टोकियो, ओसाका, र क्योटोमा नेपाली रेस्टुराँहरू खुल्न थाले । त्यस समयमा, नेपाली आप्रवासीहरूले आफ्नो सांस्कृतिक र भान्सागत परम्परालाई जापानी समाजसँग परिचित गराउन सुरु गरे । सन् २००० मा टोकियोको सिवुयोमा कान्तिपुर रेस्टुराँ खोलिएको थियो । टोकियोको सिनओकबुमा भेटघाट रेस्टुराँ, रातोभाले, नाङ्लो, चौतारो, बाजेको सेकुवा, रातोमाटो, नमस्ते, आगन  लगायतका रेस्टुराँ सञ्चालनमा छन् । 

जापानमा  खोलिएका नेपाली रेस्टुराँहरूले दाल भात, मःमः, अचार, आलु तामा र अन्य नेपाली परिकारहरू जापानी बजारमा प्रस्तुत गर्दै आएका छन् । जसले जापानीहरू र अन्य विदेशी समुदायलाई आकर्षित गरेको छ । 

शुरुवाती वर्षहरूमा नेपाली रेस्टुराँहरू मुख्यतः नेपाली आप्रवासीको लागि मात्र थिए, तर समयसँगै जापानीहरूको बीचमा पनि नेपाली खाना लोकप्रिय हुन थाल्यो । यसले नेपाली रेस्टुराँलाई एक समृद्ध व्यवसायको रूपमा स्थापित गरायो । जापानमा विशेषगरी क्यारी, मम र थुक्पा (नेपाली नूडल सूप) लोकप्रिय परिकार बनेका छन् ।

null

नेपाली रेस्टुराँहरूमा विभिन्न परिकारहरू पस्किनका साथै, रेस्टुराँ सञ्चालकहरू नेपाली सांस्कृतिक तत्वहरूको प्रचार गर्न प्रयासरत छन् । केही रेस्टुराँले नेपाली संगीत, कला, र पर्वहरूलाई पनि प्रमुखता दिन थालेका छन् । त्यसैले, केवल खानाका लागि होइन, सांस्कृतिक अनुभवको लागि पनि धेरै जापानीहरू र पर्यटकहरू नेपाल र नेपाली रेस्टुराँमा आकर्षित भएका छन् ।

null