काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को छ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
समीक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.४१ प्रतिशत, आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशत र विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.१ प्रतिशतलेर अमेरिकी डलरमा १.१ प्रतिशतले बढेको छ ।
यसैगरी शोधनान्तर स्थिति रु.२४९ अर्ब २६ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ८४ करोड पुगेको छ । नेपाल सरकारको खर्च रु.६ खर्ब ६७ अर्ब ६० करोड र राजस्व परिचालन रु.५ खर्ब ५९ अर्ब ६१ करोड रहेको छ ।
विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले र वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.२ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।
पूर्णपाठ