शीर्षकहरू

६ महिनामा विदेश पढ्न जानेले लगे ५६ अर्ब ८३ करोड, भ्रमण व्यव १ खर्ब बढी

६ महिनामा विदेश पढ्न जानेले लगे ५६ अर्ब ८३ करोड, भ्रमण व्यव १ खर्ब बढी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरूले  ५६ अर्ब ८३ करोड रुपैयाँ लिएर गएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार शिक्षातर्फको व्यय यस अवधिमा केही घटेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.९२ अर्ब ८७ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.५८ अर्ब ९५ करोड रहेको थियो । 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ५.१ प्रतिशतले वृद्धि भई रु.४१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३९ अर्ब ८२ करोड
रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ९.७ प्रतिशतले वृद्धि भई रु.१ खर्ब १ अर्ब ९२ करोड पुगेको छ ।