शीर्षकहरू

नागरिक उड्डयन प्राधिकरण पनि  खण्डिकरण हुने भयो, अब निजी क्षेत्रलाई व्यवस्थापन दिन सकिने

नागरिक उड्डयन प्राधिकरण पनि  खण्डिकरण हुने भयो, अब निजी क्षेत्रलाई व्यवस्थापन दिन सकिने

काठमाडौं ।  नागरिक उड्डयन प्राधिकरण खण्डिकरण हुने भएको छ । नागरिक उड्डयन प्राधिकर सम्वन्धी दुई विधेयक संसदमा दर्ता भएका छन । उक्त विधेयकमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डिकरण गर्नेगरी तयार पारिएको विधेयक रहेको छ ।   प्राधिकरणलाई खण्डिकरण गरी दुई वटा निकाय बनाउने कुरा समेत उल्लेख छ ।  त्यस्तै, विधेयकमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका विमानस्थलहरु सञ्चालनका लागि निजी क्षेत्रलाई दिनसकिने व्यबस्था समेत रहेको छ ।

प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रूपमा विभाजन गर्ने गर्न खोजिएको हो । दुवै सेवा एकै निकायले दिँदा प्रभावकारी नभएको भन्दै खण्डिकरणको कुरा उठ्दै आएको थियो । 

सेवा र नियमन दुवैलाई प्रभावकारी बनाउन प्राधिकरणलाई टुक्राउन खोजिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । खण्डिकरण गरेपछि बन्ने नेपाल हवाई सेवा प्राधिकरणले विमानस्थल निर्माण, सञ्चालन तथा व्यवस्थापनको काम गर्नेछ । 

हेलिप्याड सम्बन्धी मापदण्ड तयारी गरी स्वीकृतिका लागि नियामक निकायमा पेस गर्ने, नियामक निकायबाट आवश्यक शर्त, निर्देशिका, दिग्दर्शन, परिपत्र तथा आदेश परिपालना समेत गर्ने यस  प्राधिकरणले वायुयान आगमन तथा प्रस्थान गर्ने स्थान, हवाई मार्ग र उडान अवतरण सम्बन्धी नियामक निकायबाट स्वीकृत विधि कार्यान्वयन र प्राधिकरणलाई आवश्यक स्रोत, साधन जुटाउने र त्यसको प्रभावकारी पचिालन गर्ने काम समेत गर्नेछ ।