शीर्षकहरू

आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउनुपर्छ :  प्रधानमन्त्री

आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउनुपर्छ :  प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको ध्यान सम्पूर्ण रूपमा युवाहरूलाई आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित गराउने तर्फ भएको बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित युवाहरूसँगको अन्तरक्रियामा उनले नेपाल कोही भन्दा कम नभएको भन्दै युवाहरूलाई दक्ष र विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ सरकारको ध्यान रहेको बताएका हुन् । 

उनले भने, ‘मेरो र मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रूपमा आज विकास गर्ने, आजको बालबालिकाहरूलाई तिव्र रूपमा हुर्काउने, आजको आधुनिक र वैज्ञानिक शिक्षासँग परिचित मात्र होइन, दक्ष बनाउने विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने तर्फ छ । हामी कोहीभन्दा कम छैनौँ, हामीसँग हाम्रो महान पुर्खाको इतिहास छ ।’

उनले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प गरेको बताए ।  उनले भने, ‘विदेशमा गएर नेपाली युवाले अरुका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ । यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।’

उनले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधिनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीहरूलाई देशभक्तिलाई शीरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिए ।उनले विद्यार्थीहरू अरुको

बहकाबमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनु लाग्नुपर्नेमा जोड दिँदै युुवाहरूका लागि स्वदेशमै अवसरहरूको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाए ।