काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले फागुन १५ गते ३८औं वार्षिक साधारण सभा बोलाएको छ । माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौँमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीसँगै सहायक कम्पनी एनआइएमबि स्टक मार्केट्सको समेत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सभाले पारित गर्नेछ । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २९ गतेदेखि सभा हुने दिसम्म बुक क्लोज गर्न लागेको छ । यस आधारमा माघ २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।