शीर्षकहरू

एनसीएचएल थ्रीडी सेक्युर एसीएस सेवा विस्तार गर्दै, गरिमा र महालक्ष्मी विकास बैंक पनि आवद्ध भए

एनसीएचएल थ्रीडी सेक्युर एसीएस सेवा विस्तार गर्दै, गरिमा र महालक्ष्मी विकास बैंक पनि आवद्ध भए

काठमाडौ ।  गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकले कार्ड मार्फत हुने ई-कर्मस कारोबारको लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)मा आवद्ध भएको छ । इएफटी सर्भिसमा आवद्ध भई थ्रीडी सेक्युर एसीएस सेवा सुरु गरेको बैंकले जनाएको  छ ।  उक्त सेवाको शुरुवात पश्चात् गरिमा विकास बैंक तथा महालक्ष्मी विकास बैंकका कार्ड होल्डरहरुले सुरक्षित तरिकाले अनलाइन ई-कमर्स कारोबार गर्न सक्ने भएका छन् । 

उक्त सेवा प्रयोग गर्नका लागि बैंकका कार्डहोल्डरहरुले आफ्नो कार्डमा एकपटक उक्त सुविधा सूचारु गर्नुपर्ने हुन्छ । ई-कमर्स कारोबार गर्दा थप सुरक्षित तरिकाले भेरिफिकेशन गर्न तथा ग्राहकले अथेन्टिकेट गर्न थ्रीडी सेक्युर एसीएस सोलुसन अत्यन्तै सुरक्षित माध्यम मानिने एनसीएएचएलले जनाएको छ । बैंक र एनसीएचएलकोे यस पहलले बढ्दो ई(कमर्स कारोबारलाई अझ सुरक्षित बनाउनुका साथै ग्राहकहरुलाई अनलाइन कारोवार गर्न थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ । 

एनसीएचएलले इएफटी सेवा अन्तर्गत एसीएसका साथै विभिन्न नेटवर्क स्किमको कार्ड जारी गर्ने, कारोबार अक्वायर गर्ने, कारोबार प्रोसेसिङ तथा सेटलमेन्ट, ई(कर्मस पेमेन्ट गेटवे, कार्ड पर्सनलाइज्ड जस्ता कार्ड सम्बन्धी सेवाहरु आफ्नो सदस्य बैंक वित्तीय संस्थाहरुलाई दिदै आएको कम्पनीले जनाएको छ । एनसीएचएलले उक्त प्रणालीमा नेपाल पे कार्ड समेतको कारोबार गर्न सकिने गरी आवश्यक प्रणाली विस्तार गरी परिक्षणको चरणमा रहेको छ । 

हाल एनसीएचएलको इएफटी सर्भिस अन्तर्गत गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकका साथै सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, प्राईम कमर्सियल बैंक, सिद्धार्थ बैंकहरु आवद्ध भएको एनसीएचएलले जनाएको  छ। त्यस्तै, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक र संग्रिला विकास बैंक लगायतका बैंक वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

नेपालको अग्रणी विकास बैंकहरु मध्य गरिमा विकास बैंकको १ लाख ७५ हजार भन्दा बढि कार्डहरु तथा ५० वटा एटीएम तथा महालक्ष्मी विकास बैंकको १ लाख ३५ हजारभन्दा बढि कार्डहरु तथा ४९ वटा एटीएममार्फत देशभरीका ग्राहकहरुलाई सेवा दिँदै आएका छन् ।