काठमाडौं । साताको दोस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन नेप्से १४.०८ अंकले घटेर दुई हजार ७१५.९१ अंकमा बजार बन्द भएको छ ।
आज हाइड्रो र अन्य उपसमूहबाहेक अन्य सबै उपसमूहको शेयरमूल्य ओरालो लागेको छ । कारोबारमा आएका २४२ कम्पनीमध्ये १६२ कम्पनीको शेयर ओरालो लाग्दा ७१ कम्पनीका लगानीकर्ताले कमाएका छन् । ९ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेसँग यसदिन कारोबार रकम पनि घटेको छ । सोमबार ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँ बराबरको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच भएको छ ।