शीर्षकहरू

सन नेपाल लाइफद्वारा  समता फाउण्डेसन आर्थिक सहयोग

सन नेपाल लाइफद्वारा  समता फाउण्डेसन आर्थिक सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फउण्डेसनमा अध्यनरत विद्यार्थीहरुको शिक्षातर्फ खर्च हुने कम्पनीले जनाएको छ । एक कार्यक्रमका बिच कम्पनिका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई  हस्तानतरण गरेका थिए ।

सबैका लागी  शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसन लाई दिएको  यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनिले गरेको छ । कम्पनीले  १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आईरहेको छ ।  शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने   प्रतिबद्धता व्यक्त गरेको छ ।