शीर्षकहरू

हिमालयन लाइफको नाफा ८.७३ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति पुग्यो ?

हिमालयन लाइफको नाफा ८.७३ प्रतिशतले बढ्दा प्रतिशेयर आम्दानी कति पुग्यो ?


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.७३ प्रतिशत वृद्धि भएकोे छ । कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो नाफा देखाएको हो। कम्पनीले यो अवधिमा ३७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवमा ३४ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । 

कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३८ पैसा पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ २१ पैसा रहेको छ। गत आवमा कम्पनीको कुल आम्दानी १० अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर १२ अर्ब २१ करोड ४६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद बीमाशुल्क आर्जन गत आवमा ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ पुगेको छ।

गत आवको दोस्रो त्रैमाससम्म ५८ अर्ब २९ करोड ६२ लाख रुपैयाँ रहेको जीवन बीमा कोषको आकार बढेर चालू आवमा ७० अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ। कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ रहेको छ। कम्पनीले दास्रो त्रैमाससम्म रिटेन्ड अर्निङमा २ अर्ब १३ करोड ३२ लाख रुपैयाँ र महाविपत्ति कोषमा ४६ करोड रुपैयाँ सञ्चित गरेको छ।