शीर्षकहरू

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी र प्रभु बैंकले किसान वर्गलाई लक्षित ऋण कर्जा प्रवाह गर्ने

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी र प्रभु बैंकले किसान वर्गलाई लक्षित ऋण कर्जा प्रवाह गर्ने

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट  प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरेका थिए। 

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ूबैंक अफ द इयर २०२३ू को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३११ शाखा कार्यालयहरु, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरु यस बैंकसँग जोडिएका छन् ।