काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज, चाबहिलबिच अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदै आएका सेवाहरुमा बैंकका ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा १० प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ ।
त्यस्तै, चश्माको सामान्य मर्मत तथा परामर्श नि स्शुल्क गरिने सम्बन्धमा सम्झौता भएको छ । बैंकका आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत ग्राहकवर्गलाई सेवा दिइरहेको छ ।