काठमाडौं । नेसपा (नयाँ शक्ति) मा पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । उपाध्यक्ष (महिला) ( मानुषी यमि भट्टराई, उपाध्यक्ष (दलित) दुर्गा सोब निर्वाचित भएकी छन् । त्यस्तै, कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) मणि राई, कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) तारा बास्तोला दवाडी, मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) बिबि समिना खातुन निर्वाचित भएका छन् ।
त्यस्तै, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) बसुन्धरा साप्कोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले निर्वाचित भएका छन् ।
त्यस्तै, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मी प्रसाद भट्टराई, कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) मिरा कुमारी मल्ल, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईं, भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लोकेन्द्रबहादुर सुनार, केन्द्रीय सदस्य (खुला युवा महिला ) निशा श्रेष्ठ आदिवासी जनजाती युवा महिला, (मन्जु माया तामाङ मधेशी महिला (अमृता कुमारी देवी) दलित केस युवा ( हिक्मत वि.क, थारु महिला (गीता थनेत) निर्वाचित भएका छन् ।