काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनामा १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
यो नाफा गत आवको तुलनामा १०.५३ प्रतिशतले वृद्धि भएको हो । गत आवमा कम्पनीले १० करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल बीमाशुल्क ६७ करोड ३५ लाख रुपैयाँ संकलन गरेको छ । गत आवको सोही अवधिमा यस्तो शुल्क ९० करोड ६१ लाख रुपैयाँ थियो ।