शीर्षकहरू

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते बिहिबार अन्तिम दिन रहेको छ । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ फागुन ९ गते बुक क्लोज गर्दैछ । 

कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म ५ वर्षको साधारणसभा एकैसाथ बोलाएको हो । फागुन २८ गते हुने उक्त सभामा लगानीकर्तालाई १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । 

सभा त्रिभुवन आर्मी अफिसर क्लब, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।