शीर्षकहरू

७ महिनामा निर्जीव बीमाको व्यापार २४.२७ अर्ब, व्यवसाय वृद्धिमा नेपाल र ओरियन्टल अगाडि

७ महिनामा निर्जीव बीमाको व्यापार २४.२७ अर्ब, व्यवसाय वृद्धिमा नेपाल र ओरियन्टल अगाडि

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा निर्जीवन बीमा कम्पनीहरूले २४ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन् । चालु आवको माघ मसान्तसम्म निर्जीवन कम्पनीहरूले २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ बढीको व्यापार गरेका हुन् । 

जसमध्ये सबैभन्दा धेरै व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । यो अवधिमा शिखरले ३ अर्ब १३ करोड रुपैयाँको व्यापार गर्दा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको छ । 

गत वर्षको सोही अवधिको तुलनामा व्यापार नेपाल इन्स्योरेन्सको व्यापार उल्लेख्य रुपमा वृद्धि भएको छ । यो अवधिमा १ अर्ब २५ करोड रुपैयाँ बढीको व्यवसाय गरेको नेपाल इन्स्योरेन्सको व्यापार ४४.१६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको माघ मसान्तसम्म कम्पनीले ८७ करोड रुपैयाँको व्यापार गरेको थियो । 

द ओरियन्टल इन्स्योरेन्सको व्यापार ४३.६८ प्रतिशतले वृद्धि हुँदा एनएलजी इन्स्योरेन्सको २१.९२, सगरमाथा लुम्बिनीको ९.९३ र शिखर इन्स्योरेन्सको व्यपार ८.१६ प्रतिशतले वृद्धि भएको छ । 

समग्र निर्जीवन बीमाको व्यपार ७.८० प्रतिशतले वृद्धि भएको छ ।

कुन कम्पनीको व्यापार वृद्धि कति ? 

null

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...