शीर्षकहरू

गोप्य सूचना चुहाएको आरोपमा फेसबुकले २० जना कर्मचारी निकाल्यो

गोप्य सूचना चुहाएको आरोपमा फेसबुकले २० जना कर्मचारी निकाल्यो

एजेन्सी । सामाजिक सञ्जाल फेसबुक मेटाले कम्पनीको आन्तरिक सूचना चुहावट गरेको आरोपमा २० कर्मचारीलाई बर्खास्त गरेको छ। कम्पनीका मालिक मार्क जुकरबर्गको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको राजनीतिक झुकावको बारेमा प्रश्न उठिरहेको बेला यो कदम चालिएको हो।

मेटाले भन्यो, ‘कर्मचारीहरूलाई सुरुदेखि नै भन्छौं, र समय–समयमा सम्झाउँछौं कम्पनीको आन्तरिक जानकारी चुहावट गर्नु हाम्रो नीतिहरू विरुद्ध हो । चाहे त्यसको उद्देश्य जेसुकै होस् ।’ कम्पनीले अनुसन्धानमा २० जना कर्मचारीले कम्पनीको आन्तरिक सूचना चुहाएको जानकारी बाहिर आएपछि  ती कर्मचारीलाई निष्कासन गरेको जनाएको छ । 

मार्क जुकरबर्गको कर्मचारीहरूसँगको भेटघाटको बारेमा हालैका रिपोर्टहरू पछि कर्मचारी कटौतीको लहर सुरु भएको छ। हालैका हप्ताहरूमा जुकरबर्गले कर्मचारीहरूसँगको बैठकमा भनेका थिए, ‘उनी अब त्यति खुला रहने छैनन् किनभने सबै कुरा चुहावट हुन्छ, यो धेरै निराशाजनक छ ।’

नोभेम्बरमा ट्रम्पले चुनाव जितेदेखि नै प्रविधि कम्पनीहरूका नेताहरूले धेरै हदसम्म उनको पक्षमा उभिएका छन्। ट्रम्प फेरि राष्ट्रपति बनेपछि, जुकरबर्गले रिपब्लिकनहरूप्रति विशेष अडान लिएका छन्। वास्तवमा, जुकरबर्गको ट्रम्पप्रति अचानक झुकाव कारण बिना होइन। गत गर्मीमा क्यापिटलमा भएको आक्रमणलाई प्रोत्साहित गरेको आरोपमा मेटाले जनवरी २०२१ मा राष्ट्रपति ट्रम्पलाई फेसबुकमा प्रतिबन्ध लगाएपछि, ट्रम्पले जुकरबर्गलाई जीवनभर जेल पठाउने धम्की दिए।